नेपालमा सुनको मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार (चैत ५) तोलामा ५ हजार ४ सय रुपैयाँले घटेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २ सय रुपैयाँ तिर्नुपर्नेछ ।
अघिल्लो दिन हिजो बुधबार सुन तोलाको तीन लाख सात हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १ सय ४० रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार चाँदीको भाउ प्रतितोला पाँच हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।















