एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ ।
आज आइतबार (चैत ८) नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुनको भाउ तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) सुन प्रतितोला दुई लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३ सय ५५ रुपैयाँले घटेर चार हजार ५ सय ४० रुपैयाँ तोकिएको छ ।
शुक्रबार चाँदी प्रतितोला चार हजार ८ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।















