नागढुंगा सुरुङ मार्गको सेवा खरिद प्रक्रिया पनि प्रधानमन्त्री कार्कीको १९२ मुख्य काममा समेटियो
थानकोट ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन् ।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक गरेकी हुन् । जसमा नागढुङ्गा सुरुङ सञ्चालनका लागि सेवा खरिद प्रकिया सुरु भएको विषय समेत समावेश छ ।
जेनजी आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्दा ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पनि दिएका थिए ।
जसअनुसार फागुन २१ गते निर्वाचन भइसकेको छ ।















