सुनको भाउ घट्यो
थानकोट ।
नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ ।
सुन आज तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदीको भाउ १५० रुपैयाँले घटेर तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।















