चोरीको मोटरसाईकलसहित धादिङमा तीन जना प्रकाउ

Thankot Times

थानकोट ।

धादिङ प्रहरीले चोरीको मोटरसाईकलसहित धादिघमा तीनलाई जना प्रकाउ गरेको छ । पक्राउ पर्नेमा २ जना नाबालक रहेका छन् ।

एक जना २२ वर्षका युवा छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ निमित्त प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक श्याम कुमार बस्नेतका अनुसार चैत्र १३ गते हराएका बा प्र ०२-०१८ प ४३६७ र बा ३ ०३ ००१ प २१६० नम्बरको मोटरसाइकल खोजीका क्रममा चैत्र १४ गते धादिङको नेत्रावती डबजोङ गाउँपालिका-०३ गैरामा लुकाएर राखिएको अवस्थामा दुवै मोटरसाइकल फेला परेको हो ।

सो क्रममा तीन मानिस नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ