त्रिभुवन पार्क स्तरोन्नतिका लागि निर्माण व्यवसायी छनोट
थानकोट ।
थानकोटस्थित त्रिभुवन पार्कको स्तरोन्नति गर्ने कार्यका लागि चन्द्रागिरि नगरपालिकाले गत माघ २२ गते आह्वान गरेको बोलपत्रको टुंगो लागेको छ ।
बुधबार (आज) गोरखापत्र दैनिकमा चन्द्रागिरि नगरपालिकाले यस बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै सो बारेमा जानकारी दिएको हो ।
बागमती प्रदेश सरकारको समपुरक बजेट व्यवस्थापनमा हुने त्रिभुवनपार्कको स्तरोन्नति कार्यका लागि सामाखुसी, काठमाठाैंको डिजाइन प्वइन्ट प्रालिले पेश गरेको २ करोड ३५ लाख ५४ हजार २३० रुपैयाँ पैसा ३६ को बोलपत्र स्वीकृत भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।















