नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार (चैत १८) सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९७ हजार ६०० निर्धारण गरिएको छ ।

अघिल्लो दिन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।

हिजो चार हजार ८ सय ४५ रुपैयाँमा काराबोर भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *