ठूलो भर्‍याङमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी बसेका युवाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-१५ ठूलो भर्‍याङमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

प्र ३-०१-००६ ख ०१७२ नम्बरको टिपरले प्र ३-०२-००८ प २२२१ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं महानगरपालिका-१५ चमती बस्ने अर्घाखाँची घर भएका ३२ वर्षीय खेम बहादुर महतको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

साथै, दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर ना. ५ ख १०१२ नम्बरको ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो ।

प्रहरीले टिपर र ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ