बसन्तपुर क्षेत्रमा वृद्धमाथि कुटपिट गरेको अभियोगमा थानकोटका युवा पक्राउ
थानकोट ।
सार्वजनिक स्थानमा एक वृद्ध मानिसलाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्ध देखिने मानिसलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा नेपाल प्रहरीले छानबिन गरेको थियो ।
छानबिनका क्रममा कुटपिटमा संलग्न थानकोट बस्ने प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी पर्यटन गाइड भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
बसन्तपुर दरबार क्षेत्रमा वृद्ध मानिसमाथि कुटपिट भएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।













