सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार (चैत २७) सुन तोलामा २२ सय रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको दुई लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

हिजो दुई लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर चार हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चार हजार ८ सय ७५ मा किनबेच भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *