एरिका गुरुङ चीनमा जारी कराँते वान प्रिमियर लिगको फाइनलमा

Thankot Times

थानकोट ।

कराते स्टार एरिका गुरुङ चीनकाे लेसनमा जारी डब्लुकेएफ जारी कराँते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् ।

सेमिफाइनलमा शुक्रबार इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् ।

एरिकाले अब उपाधिका लागि कजाकस्तानकी सोफिया बेरुत्सेभासँग खेल्नेछिन् । फाइनल खेल आज आइतबार हुनेछ ।

एरिकाले ६८ केजीमाथि तौलसमूहमा फाइनल प्रवेश गरी कम्तीमा रजत पदक पक्का गरेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *