सुन चाँदीको भाउ बढ्यो
थानकोट ।
कारोबार हुने यस साताको पहिलो दिन नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (चैत २९) सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।
जसअनुसार आजका लागि सुनको भाउ तोलाको दुई लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसअघिको कारोबार दिन गत शुक्रबार (चैत २७) सुन प्रतितोला दुई लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदी प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।













