चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ जारी गर्ने
थानकोट ।
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ।
कम्पनीले १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरेको हो।
शनिबार सम्पन्न कम्पनीको पहिलो वार्षिक साधारणसभाले उक्त आईपीओ निष्काशनसम्बन्धी प्रस्ताव पारित गरेको हो।
कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ।
साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।
साथै, सभाबाट ६ जना सञ्चालक निर्विरोध चयन भएका छन्।
निर्विरोध निर्वाचित हुने सञ्चालकहरूमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन्। यसैगरी, सभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।













