यस वर्षको अन्तिम दिन आज सुन चाँदीको भाउ कति छ ?

Thankot Times

थानकोट ।

यस वर्षको अन्तिम दिन आज (चैत्र ३०) सोमबार नेपाली स्थानीय बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य मात्रामा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

हिजोको तुलनामा सुनको यो भाउ तोलामा ४ सय रुपैयाँले कम हो ।

अघिल्लो दिन सुन तोलाको दुई लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९ सय रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी प्रति तोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ