मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा बैशाख ४ गते स्थानीय सार्वजनिक बिदा
थानकोट ।
मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा बैशाख ४ गते शुक्रबार स्थानीय सार्वजनिक बिदा हुने भएको छ ।
चन्द्रागिरि नगर कार्यपालिका बैठकबाट निर्णय भएअनुसार उक्त दिन बिदा दिन लागिएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार अधिकारीले बताए ।
सो दिन चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा भने बिदा हुने छैन् ।
आमा परलाेक भइसकेका सन्ततिहरु मातातिर्थ औंसीका दिन चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा पुगि स्नान गरि आमाकाे श्राद्ध गर्ने गर्दछन् ।
फाइल फोटोः प्रकाश गोपाली













