थानकोट-चित्लाङ सडक सुधारका लागि सांसद् उप्रेतीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Thankot Times

थानकोट ।

सांसद प्रशान्त उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार भएको भेटका क्रममा मकवानपुका सांसद उप्रेतीले थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न माग राखे ।

सो क्रममा उनले कुन्छाल-कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने तथा अन्य सडकहरूको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ