आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा प्रतिस्पर्धा गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि इन्दु वर्माको नेतृत्वमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरिएको हो।

घोषित टोलीमा इन्दु वर्मा कप्तान तथा पूजा महतो उपकप्तानको भूमिकामा रहनेछन्। टोलीमा बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनीषा उपाध्याय, रचना चौधरी र रुबिना क्षेत्री समावेश छन्।

क्यानका अनुसार प्रतियोगिता आगामी अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागितापूर्व नेपाली टोलीले आवश्यक तयारी तथा अभ्यास कार्यक्रम सञ्चालन गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ