ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी निरीक्षक लामाको मृत्यु

Thankot Times

थानकोट ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए ।

लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मंगलबार मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

लामा केही समय ट्राफिक प्रहरी प्रभाग कलंकीमा पनि इन्चार्ज थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *