आजदेखि नागढुङ्गा-एअरपोर्ट रूटमा रात्रिकालीन बससेवा सुरु (तस्वीरहरू)

Thankot Times

थानकोट ।

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा सुरु गरिएको छ ।

साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।

पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोट नागढुंगासम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ । यी बस नागढुंगा-थानकोट-कलंकी-कालिमाटी-त्रिपुरेश्वर-सुन्धारा-रत्नपार्क-सिंहदरबार-बानेश्वर-तिनकुने हुँदै एअरपोर्ट जानेछन् भने फर्कँदा सोही रुटको माइतीघर-थापाथली-त्रिपुरेश्वर हुँदै नागढुंगासम्म पुग्नेछन् ।

उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ ।

यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ ।

सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ । यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ ।

साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ । यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ