चन्द्रागिरि सहकारीले बैशाख ६ गते रक्तदान शिविर सञ्चालन गर्ने
थानकोट ।
संस्था स्थापना दिवसका अवसरमा हरेक वर्ष रक्तदान शिविर सञ्चालन गर्दै आएको थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले यस वर्षपनि सो क्रमलाई निरन्तरता दिने भएको छ ।
यस वर्ष संस्थाले बैशाख ६ गते आइतबार रक्तदान शिविर आयोजना गर्ने बताइएको छ ।
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा हुने सो शिविरमा लायन्स क्लव अफ चन्द्रागिरिले समेत सहकार्य गर्ने बुझिएको छ ।
शिविर संस्थाको मुख्यालय चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टमा बिहान १० बजेबाट अपरान्ह २ बजेसम्म जारी रहने बताइएको छ ।
चन्द्रागिरि साकोसले यसवर्ष स्थापनाको रजत जयन्ती मनाउँदै छ ।
चन्द्रागिरि साकोसको रजत जयन्तीका अवसरमा लोगो डिजाइन प्रतियोगिता












