कक्षा ५ र ६ का लागि स्क्र्याबल पुस्तक विमोचन

Thankot Times

थानकोट ।

स्क्र्याबल क्लबको आयोजनामा कक्षा ५ र ६ का पुस्तक विमोचन गरिएको छ । 

नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयमा बिहीबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले ती पुस्तक विमोचन गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गिरीले विद्यार्थीहरूको भाषिक तथा बौद्धिक विकासमा यस्ता पुस्तकहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्थानीय तहले यस्ता शैक्षिक पहललाई सधैं प्रोत्साहन गर्ने धारणा राखेको क्लबका प्रवक्ता बुद्घ गाैतमले जानकारी दिए । 

कार्यक्रममा स्क्र्याबल क्लब नेपालका अध्यक्ष केशव पराजुली, चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष घनश्याम लुइँटेल, प्याब्सन केन्द्रीय समितिका सदस्य दीपक महर्जन, प्याब्सन चन्द्रागिरि नगरपालिका अध्यक्ष सरोज महर्जन ब्राइट फ्यूचर माविका प्राचार्य दयाराम थापा, सो स्कुलका प्रधानाध्यापक मोहनकुमार कार्की लगायतको उपस्थिति रहेको थियो । 

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *