चीन सरकारको निमन्त्रणामा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी सिचुवान प्रस्थान
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी चीनको सिचुवान प्रान्तमा आजबाट सुरु हुने सप्ताहव्यापी चीन (सिचुआन)-नेपाल कृषि प्रविधि सेमिनार तथा कार्यशालामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
चीनको सिचुआन प्रान्तीय विदेश मामिला कार्यालय र याआन नगरपालिकाको आर्थिक सहयोग तथा विदेश मामिला ब्यूरोले आयोजना गरेको नेपाल कृषि प्रविधि सेमिनार तथा कार्यशाला अप्रिल १९ देखि २५, २०२६ सम्म चीनको सिचुआन प्रान्तको याआनमा आयोजना हुने मेयर गिरीले जानकारी दिए ।
यस सेमिनारमा भाग लिन चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, तुलसीपुर नगरका मेयर टीकाराम खड्कासहित १० जनाको टोली आइतबार बिहान सिचुवान उडेको हो ।
टोलीमा नेपाली कृषि सरकारी अधिकारी, विज्ञ र व्यावसायिक प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको बताइएको छ ।
कार्यक्रममा सहभागी सबै जनाको खर्च याआन नगरपालिकाले नै व्यहोर्ने छ ।
सो टोली बैशाख १२ गते शनिबार बिहान नेपाल फर्कनेछ ।
फाइल फोटो












