नेपाली बजारमा सुनचाँदीको भाउ घट्यो
थानकोट ।
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।
यस दिन सुनको भाउ तोलाको दुई लाख ९९ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
हिजो आइतबार सुन प्रति तोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १ सय ९० कायम भएको छ ।
हिजो चाँदी तोलाको पाँच हजार २ सय २५ रुपैयाँ थियो ।












