कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
थानकोट ।
कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम आयोजना गरी सेयर बाँडफाँट गरेको हो ।
जसअनुसार कम्पनीको सेयर ६८ हजार ४७५ जनाले १० कित्ताका दरले पाएका छन् ।
गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
कुल २७ लाख ८४ हजार ५१९ जनाले सेयरमा आवेदन दिएका थिए ।
जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।












