चन्द्रागिरि नगरका १२औं प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीद्वारा पदबहाली
थानकोट ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत्र ३० गतेको निर्णयअनुसार चन्द्रागिरि नगरमा खटाइएका उपसचिव जग्दिश चन्द्र नेपालीले सोमबार (बैशाख ७ गते) बाट कार्यभार सम्हालेका छन् ।
उनी केही समय सोही मन्त्रालयको अतिरिक्त समुहमा थिए ।
उनले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका तथा गृह जिल्ला अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको भूमिका पूरा गरिसकेका छन् ।
चन्द्रागिरि नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायतले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नेपालीलाई मंगलबार नगरपालिकामा स्वागत गरेका थिए । नगरप्रमसख घनश्याम गिरी भने अहिले चीनमा जारी एक कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका सुरेन्द्र थापामगर आदिवासी जनजाति आयोगमा सरुवा भएका छन् ।














