टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालद्वारा यूएई पराजित

Thankot Times

थानकोट ।

दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा सकिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गरेको हो। यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

१२९ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल ले आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले ५७ बलमा ८४ रनमा अविजित रहँदै टोलीलाई जिततर्फ डोर्‍याए। उनको इनिङ्समा १२ चौका र २ छक्का समावेश थिए।

त्यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहे भने कुशल मल्ल ले १९ रनको योगदान दिए।

बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। टोलीका लागि अक्षदीप नाथ ले अविजित ५३ रनको अर्धशतकीय पारी खेलेका थिए। मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोडे पनि अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलरमध्ये सन्दीप लामिछाने ले ३ विकेट लिए भने हेमन्त धामी ले २ विकेट हात पारे।

त्यसैगरी नन्दन यादव र साहब आलमले एक–एक विकेट लिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *