आईसिसी महिला च्यालेन्ज ट्रफी २०२६ः रुवाण्डाविरुद्ध नेपालको कठिन जित

Thankot Times

थानकोट ।

रुवाण्डामा जारी आईसिसी महिला च्यालेन्ज ट्रफी २०२६ मा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

दोस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार घरेलु टोली रुवाण्डालाई २ विकेटले पराजित गर्यो ।

रुवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमएर पूरा गर्यो ।

नेपालका लागि सम्झना खड्काले ४२ रनको उत्कृष्ट पारी खेलिन् ।

जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रा जित हो । पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा इटालीविरुद्ध ५० रनले विजयी भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको रुवाण्डा १९.४ ओभरमा ८८ रन नबाएर अल आउट भयो । उसका लागि एलिस इकुज्वेले १७, मर्भिले उवासेले १५, क्लारिस उवासेले १३ र रोजिन इरेराले अविजित १३ रन बनाइन् ।

नेपालका लागि बलिङमा रचना चौधरीले तीन, पूजा महतोले दुई, कविता कुँवर, मनिषा उपाध्याय रिया शर्माले एक/एक विकेट लिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *