पाँचौं ब्राइट फ्युचर एसइई कप फुटसल बैशाख १८ देखि, विजेतालाई नगद तथा छात्रवृत्ति पुरस्कार

Thankot Times

थानकोट ।

पाँचाैं संस्करणको एसइई कप फुटसल प्रतियोगिता बैशाख १८ गतेबाट सुरु हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित ब्राइट फ्यूचर माविको आयोजनामा हुने प्रतियोगिता सोही विद्यालयको एरिनामा सञ्चालन हुनेछ ।

गतवर्ष माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने यस प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा सर्वोत्कृष्ठ हुने खेलाडीले नगद पुरस्कार तथा छात्रवृत्ति पाउने विद्यालयले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३५ हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउनेछन् ।

यस्तै, उपविजेताले २० हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

व्यक्तिगत विधामा सर्वोत्तम घोषित हुनेले जनही बीस हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगितामा सहभागिताका लागि बैशाख १६ गतेसम्म टिम दर्ता गर्नुपर्ने विद्यालयले जनाएको छ ।

टिम दर्ता अनलाइन वा भाैतिक रुपमै पनि भर्न सकिनेछ ।

प्रतियोगिताको गतवर्षको संस्करण हिमशिखर स्कुल जितेको थियो भने जेसिस दोश्रो भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *