सुनचाँदीको मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
यसदिन सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार सुन तोलाको तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज बिहीबार चाँदीको मूल्यमा गिरावट आएको छ ।
आज चाँदीको भाउ तोलामा १ सय १० रुपैयाँले घटेर पाँच हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो बुधबार चाँदीको मूल्य तोलाको पाँच हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।













