चन्द्रागिरि नगरमा रास्वपाले कस-कसलाई उमेदवार बनाउँदैछ ? यस्तो छ तयारी
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन केन्द्रीय तहको समिति गठन गरेको छ ।
सो पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।
स्थानीय तहमा उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित बनाउन लागि समिति बनाएको रास्वपाले जानकारी गराएको छ ।
उम्मेदवार छनोट कार्यदललाई ‘उम्मेदवार छनोट रुपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ नाम दिइएको छ ।
सहमहामन्त्री आचार्य नेतृत्वको समितिमा केन्द्रीय सदस्य आरके ढुङ्गाना सचिव बनेका छन् ।
अन्य सदस्यहरुमा समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की छन् ।
उक्त समितिको बैठकले वडा, पालिका, जिल्ला र प्रदेशमा छलफल गरेर सुझाव लिने निर्णय गरेको छ ।
समितिले यही वैशाख १४ गते वडा तहमा छलफल गरेर पालिकामा सुझाव पठाउने निर्णय गरेको छ ।
बैशाख १६ गते पालिकामा, बैशाख १७ गते जिल्ला र १८ गते प्रदेश तहमा छलफल गरेर उपल्लो तहमा सुझाव पठाउने निर्णय भएको छ ।














