सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज आइतबार (बैशाख १३) सुनको मूल्य बढेको छ ।

यस दिन सुनको मूल्य तोलामा दुई हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २ सय रुपैयाँ कायम छ ।

गत शुक्रबार (बैशाख ११) छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

यसदिन चाँदी प्रतितोला चार हजार ९ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *