एसियन ‘बीच गेम्स’: सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित

Thankot Times

थानकोट ।

छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को महिला कबड्डीमा नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ।

चीनको हाइनान्स्थित सन्या सहरमा आइतबार भएको खेलमा नेपाल श्रीलंकासँग ४६–४३ ले पराजित भएको हो।

यसअघि समूह बी मा रहेको नेपालले आफ्नो समूहको तीनै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो।

पहिलो हाफदेखि नै २४-१२ अंकका साथ पछि परेको नेपालले दोस्रो हाफमा पनि उत्तिकै दबाब ब्यहोरेको थियो ।

पहिलो सेमिफाइनलमा समूह ‘ए’ को बिजेता भारतले बंगलादेशलाई ५०-३१ अंकले पराजित गरेको छ । समूह ‘ए’ कै उपबिजेता श्रीलंकाले स्वर्ण पदकका लागि भारतको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *