नेपाल आईसीसी महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँग पराजित
थानकोट ।
नेपाल आईसीसी महिला टी–ट्वान्टी च्यालेन्ज ट्रफीमा अमेरिकासँग पराजित भएको छ ।
रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा आइतबार भएकाे खेलमा नेपाललाई अमेरिकाले सात विकेटले पराजित गरेकाे हो ।
नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान गरिन् । सैनभी कम्बालापालीले २१ तथा पूजा गनेशले २० रन बनाइन ।
बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महताे र इन्दु बर्माले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो ।
नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन् ।
त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पूजा महताे र कविता कुँवरले समान ८–८ रन जोडे ।
बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए ।










