आईसिसी विश्वकप लिग-२: युएईसँग ओमान २५ रनले पराजित

Thankot Times

थानकोट ।

आईसिसी विश्वकप लिग-२ अन्तर्गत युएईले जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ओमानलाई २५ रनले हराएको हो। युएईले दिएको २६९ रनको लक्ष्य पछ्याएको ओमान ४७.५ ओभरमा २४३ रनमै समेटियो।

विनायक शुक्लाले अविजित ५८ रन जोडे भने जितेन्द्र सिंहले ४६, आशिष ओडेडाराले ३५, हम्मद मिर्जाले २७, मुजिबुर अलीले २४, जितेन रमामन्डीले १९ तथा शकिल अहमदले १८ रन जोडे।

बलिङतर्फ यूएईका अजय कुमार एक्लैले ६ विकेट लिए। जुनैद सिद्धिकी, हैदर अली, निलान्श केशवानी र मुहम्मद शाहददले एक-एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन जोड्यो।

आर्यान्श शर्माले शतकीय इनिङ्स खेले। १२५ बलमा १० चौका र २ छक्काको मद्दतमा उनले १०५ रन जोडे।

यस्तै, अदीव उस्मानीले ६४ तथा हरप्रीत सिंहले ५४ रनको योगदान दिँदा मुहम्मद शाहदादले २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ ओमानका शाह फैजलले तीन, सिद्धार्थ बुक्कपट्नामले दुई तथा सकिल अहमदले एक विकेट लिए।

यूएई पहिलो खेलमा नेपालसँग ३७ रनले पराजित भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *