आईसिसी लिग-२ : आज नेपाल र ओमानबीचको प्रतिस्पर्धा हुँदै
थानकोट ।
आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत आज बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
लिगको जारी सिरिजमा नेपाल र ओमानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
नेपालले सिरिजको पहिलो खेलमा युएईविरुद्ध जित दर्ता गरेको थियो ।
त्यस्तै, ओमानले पहिलो खेलमा युएईसँग पराजित व्यहोरेको थियो ।










