नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार (वैशाख १६) सुनको मूल्य ओरालो लागेको छ ।

सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै एक तोला सुन खरिदका लागि ग्राहकले दुई लाख ९४ हजार ५ सय रुपैयाँ खर्चिनुपर्नेछ ।

हिजो मंगलबार दुई लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ ।

महासंघले बुधबार चाँदी प्रतितोला चार हजार ९ सय १४ रुपैयाँ कायम गरेको छ ।

अघिल्लो दिन मंगलबार चार हजार ९ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ