सुनको मूल्यमा लगातार गिरावट
थानकोट ।
नेपाली बजारमा आज बिहीबार (वैशाख १७) सुनको मूल्य घटेको छ ।
यस दिन सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बजारमा छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ७ सय रुपैयाँ कायम छ ।
हिजो बुधबार (वैशाख १६) छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १ सय ५ रुपैयाँले घटेको छ ।
ग्राहकले एक तोला चाँदी खरिदका निम्ति चार हजार ८ सय १० रुपैयाँ खर्च गर्नुपर्ने महासंघले जनाएको छ ।
हिजो बुधबार चाँदी प्रतितोला चार हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।










