सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन प्रतितोला ३ हजार ४०० र चाँदी १३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार एक तोला सुन २ लाख ९४ हजार ५०० र एक तोला चाँदी ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६५० र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *