पाँचौं ब्राइट फ्युचर एसइई कप फुटसलको उपाधि विल्सन एकेडेमीलाई, रिब्स दोश्रो
थानकोट।
पाँचाैं संस्करणको एसइई कप फुटसल प्रतियोगिताको उपाधि विल्सन एकेडेमीले जितेको छ।
चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित ब्राइट फ्यूचर माविको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा रिब्स माविको चुनाैती १-० ले पन्छाउँदै विल्सन च्याम्पियन बनेको हो जेसिस स्कुल फेयर टिमको उपाधि जित्यो ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ रिवाज कार्की सर्वोत्कृष्ट गोलरक्षक चुनिए ।
विल्सनकै प्रविण शाहीले सर्वाधिक गोलकर्ताको उपाधि चुम्दा रिब्सका आयन केसीले सर्वोत्कृष्ट खेलाडको उपाधि जिते ।
गतवर्ष माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विभिन्न ८ विद्यालयका टोलीले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
प्रतियोगिताका विजेता, उपविजेता टोली तथा व्यक्तिगत विधामा सर्वोत्कृष्ठ हुने खेलाडीले नगद पुरस्कार तथा छात्रवृत्ति प्राप्त गरेका छन् ।
विजेताले ३५ हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउँदा उपविजेताले २० हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाएको ब्राइट फ्युचर माविका अध्यक्ष मोहनकुमार कार्कीले जानकारी दिए ।
व्यक्तिगत विधामा सर्वोत्तम घोषित हुनेले जनही बीस हजार रुपैयाँ हात पारे ।
प्रतियोगिताको गतवर्षको संस्करण हिमशिखर स्कुल जितेको थियो भने जेसिस दोश्रो भएको थियो ।










