आज रास्वपाको सचिवालय बैठक बस्दै
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।
रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।
त्यस्तै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल गरिने जनाइएको छ ।










