नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
थानकोट ।
नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक सोमवार बस्ने तय भएको हो।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक तय गरिएको जारी सूचनामा उल्लेख छ।
बैठकमा सहभागी हुनका लागि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।










