कांग्रेसकाे संसदीय दलको बैठक भाेलि बस्ने
थानकोट ।
नेपाली कांग्रेसले संसदीय दलको बैठक बुधबारका लागि बोलाएको छ।
बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले बैठक बोलाउनुभएकाे संसदीय दलको कार्यालयले जनाएकाे हाे ।
बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुने भएकाे छ ।
त्यस्तै, सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुम्बासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा पनि छलफल हुने कार्यालयले जनाएकाे हाे ।










