मोबाइल चार्ज गर्नुभयो ? आज चन्द्रागिरिका अधिकांश क्षेत्रमा १० बजेबाट दिनभर विद्युत अवरुद्ध हुँदै

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणले आज बुधबार (बैशाख २३ गते) चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा लगातार ७ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजना मातातिर्थका अनुसार स्युचाटार सवस्टेशनदेखि मातातिर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई नयाँ तारले बदली गर्ने कार्यका लागि विभिन्न फिडरमा बिजुली सेवा अवरुद्ध हुने छ ।

प्राधिकरणका अनुसार यो क्रम बैशाख २३, २५ र २७ गते जारी रहँदा यी स्थानमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

विद्युत सेवा अवरुद्ध हुने स्थानहरूमा थानकोट फिडरअन्तर्गत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्यूचर, लामाचाैर, बानियाँ गाउँ, किटनी भञ्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास, सृजना चोक लगायतका क्षेत्र छन् ।

यसैगरी खड्का गाउँ फिडरअन्तर्गत सस गेट, शालिक चोक, एलआरआई स्कुल, खड्का गाउँ, न्यू डाउयमण्ड, पुरानो हिमशिखर, पिपलबोट, थानेटार, भाँडा कारखाना, मितेरी चोक, पञ्चकन्या स्कुल क्षेत्रमा पनि विद्युत सेवा बन्द हुनेछ ।

हसनटार फिडरअन्तर्गत सःस अगाडी, पाटी चोक, अमरज्योती, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गाैतम गाउँ, हसनटार, कंकाली, पहेंलो गुम्बा, गोदामथोक, महांकाल, सीताराम स्कुल, पद्मा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरी गाउँ, दर्शन खोला, दहचोक, भीमढुङ्गा, खड्का गाउँ, खत्री गाउँ, छत्रेदेउराली लगायतका क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुनेछ ।

प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् आपूर्तिलाई थप प्रभावकारी बनाउन स्तरोन्नति कार्य गर्न लागिएको आयोजनाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *