नेपाल ‘ए’ ले भोलिदेखि स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय अभ्यास श्रृंखला खेल्ने

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्ड, अमेरिका र नेपाल ‘ए’ सम्मिलित त्रिदेशीय एकदिवसीय अभ्यास श्रृंखलाको नयाँ तालिका सार्वजनिक गरेको छ । 

बुधबार सार्वजनिक भएको परिमार्जित तालिकाअनुसार अब श्रृंखला बिहीबारदेखि सुरु हुनेछ । क्यानले यसअघि आजदेखि प्रतियोगिता सुरु हुने गरी तालिका बनाएको थियो । 

क्यानका अनुसार, श्रृखंला मे ११ सम्म हुनेछ । श्रृंखलामा नेपाल ‘ए’ ले दुवै राष्ट्रसँग समान दुई खेल खेल्नेछ । क्यानले क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा श्रृंखलाको आयोजना गर्न लागेको हो । 

नेपाल ‘ए’ ले मे ७ र ९ मा स्कटल्यान्डसँग र मे ८ र ११ मा अमेरिकासँग खेल्ने तालिका छ । उक्त श्रृंखलाको निम्ति मुख्य प्रशिक्षक राजु बस्न्यातले अनिलकुमार साहको कप्तानीमा १७ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

अमेरिका र स्कटल्यान्डले भने आगामी मे १२ देखि नेपालसँग क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने तालिका छ । 

प्रारम्भिक टिम :  अनिलकुमार साह, तृतराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, राशिद खान, दीपक डुम्रे, पवन सराफ, मयन यादव, शेर मल्ल, शाहब आलम


Leave a Reply

Your email address will not be published. Required fields are marked *