क्रिकेटर लोकेश बमले बेल्जियमको टी-२० लिग खेल्ने, एन्टवर्प एन्कर्सले गर्यो अनुबन्ध

Thankot Times

थानकोट ।

नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी-२० लिग खेल्ने भएका छन् ।

लोकेशले एन्टवर्प एन्कर्सबाट ईयू टी–२० बेल्जियम खेल्ने भएका हुन् ।

क्लबले आज सामाजिक सञ्जालमार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

उनले पहिलो पटक विदेशी टी–२० लिग खेल्ने भएका हुन् ।

लोकेश बम एन्टवर्प एन्कर्समा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन् ।

यही क्लबबाट नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले पनि खेल्दैछन् ।

एन्टवर्प एन्कर्समा वेस्ट इन्डिजका आन्द्रे रसेल, न्युजिल्यान्डका मार्टिन गप्टिल, नामिबियाका रुबेन ट्रम्पलम्यानजस्ता चर्चित खेलाडी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *