सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको हो ।

आज सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । शुक्रबार सोही परिणामको सुन २ लाख ९९ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ ।

शुक्रबार चाँदी प्रतितोला पाँच हजार २ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *