सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

हिजो आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँ घटेको छ ।

हिजो सुन प्रतितोला दुई लाख ९८ हजार ९ सय रुपैयाँ किनबेच भएको थियो ।

आज प्रतितोला दुई लाख ९८ हजार ५ सय मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी प्रतितोला पाँच हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सोही परिणामको चाँदी पाँच हजार ३ सय मा किनबेच भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *