नेपाली क्रिकेट टोलीका लागि ऐतिहासिक अवसर, इंग्ल्यान्ड क्रिकेट टिम नेपाल आउने तयारीमा
थानकोट ।
इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)ले नेपाल भ्रमण गर्न छलफल थालेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम क्रिकइन्फोले इंग्ल्यान्डले ‘फ्युचर टुर प्रोग्राम’अन्तर्गत टी–२० अन्तर्राष्ट्रिय खेलका निम्ति नेपाल भ्रमण गर्नेबारे छलफल थालेको जनाएको हो ।
सोमबार क्रिकइन्फोमा प्रकाशित एक लेखमा यो विषय उल्लेख छ ।
उक्त प्रोग्रामअन्तर्गत इंग्ल्यान्डले सन् २०२७–३१ को ‘साइकल’का क्रममा नेपाल भ्रमण गर्नेबारे छलफल सुरु गरेको जनाइएको छ ।
गएको फेब्रअुरीमा सम्पन्न टी–२० विश्वकपमा नेपाल र इंग्ल्यान्डले प्रतिस्पर्धा गरेका थिए ।
इतिहासमै पहिलोपटक यी दुई टिमबीच भएको उक्त प्रतिस्पर्धामा नेपाल चार रनले पराजित भएको थियो ।










