एकदिवसीय अभ्यास शृंखलामा नेपालको शतप्रतिशत जित

Thankot Times

थानकोट ।

नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

यो जितसँगै नेपालले चार खेलको शृंखलामा शतप्रतिशत नतिजा निकालेको छ ।

यसअघि नेपाल ‘ए’ले अमेरिकालाई तीन विकेटको हराएको थियो ।

टोली स्कटल्यान्डविरुद्ध पहिलो खेलमा ४५ रन र दोस्रो खेलमा डीएलएसका आधारमा नौ रनले विजयी भएको थियो ।

आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५७ रन बनायो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *