स्नो रिभर्सको आईपीओमा आवेदन खुला, जेठ १ गतेसम्म आवेदन दिन सकिने
थानकोट ।
स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९)देखि सर्वसाधारणका निम्ति आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति आईपीओ निष्कासन गरेको थियो ।
उक्त आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका निम्ति निष्कासन गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको सात लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका निम्ति निष्कासन गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अधिकतम एक हजार कित्ताका निम्ति आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा आउँदो जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ ।










